यस्ता छन् बजेटका पाँच उद्देश्य, पाँच प्राथमिकता

हिमाल प्रेस १५ जेठ २०८१ १५:३७
14
SHARES
यस्ता छन् बजेटका पाँच उद्देश्य, पाँच प्राथमिकता

काठमाडौँ– अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेटको पाँच उद्देश्य र पाँच प्राथमिकता सार्वजनिक गरेका छन्। आज संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै पुनले उद्देश्य र प्राथमिकता सार्वजनिक गरेका हुन्।

अर्थमन्त्री पुनले बजेटका उद्देश्यमा उत्पादन, उपादकत्व र रोजगारी वृद्धि गर्नु, निजी क्षेत्रको मनोबल बढाउने, रोजगारी बढाउने र आर्थिक क्रियाकलापमा वृद्धि ल्याउनु, मानव संशोधन विकास गर्नु, स्रोत र साधान सन्तुलित, समन्वयात्मक ढंगले परिचालन गरी आर्थिक असमानता र गरिबी न्युनिकरण गर्नु र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनु रहेकाे बताए।

त्यसैगरी बजेटकाे प्राथमिकतामा आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्भन, कृषि, ऊर्जा, सूचना प्रविधि, औद्योगिक विकास र पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रको विकास, समावेशिता र सामाजिक सुरक्षा र सुशासन प्रवर्द्धन र सार्वजनिक सेवा प्रवाहमा सुधार रहेकाे अर्थमन्त्री पुनले बताए।

प्रकाशित: १५ जेठ २०८१ १५:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 10 =