
काठमाडौँ- सरकारले चालु आर्थिक वर्षमा १२ खर्ब ५३ अर्ब रुपैयाँ राजस्व संकलन हुने अनुमान गरेको छ।
मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा १२ खर्ब ५३ अर्ब रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको बताएका हुन्।
उनका अनुसार यो लक्ष्यको ८८.१ प्रतिशत हो । यस्तै, सरकारले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरेको छ। अर्थमन्त्री पुनले आगामी वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरिएको बताए।
प्रकाशित: १५ जेठ २०८१ १५:२९
प्रतिक्रिया