अर्थतन्त्र कछुवाजस्तो घिस्रिने होइन, भ्यागुतोजस्तो उफ्रने हुनुपर्छ : भट्टराई

हिमाल प्रेस १५ जेठ २०८१ १०:४३
64
SHARES
अर्थतन्त्र कछुवाजस्तो घिस्रिने होइन, भ्यागुतोजस्तो उफ्रने हुनुपर्छ : भट्टराई नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा) महाधिवेशन आयोजक समिति संयोजक डा.बाबुराम भट्टराईले वार्षिक बजेट प्रस्तुतिको पूर्वसन्ध्यामा सरकारी र सार्वजनिक विमर्शहरू पुरानै कर्मकाण्डी प्रकृतिका हुनु-देखिनु विडम्बनापूर्ण रहेको बताएका छन्।

पूर्वअर्थमन्त्रीसमेत रहेका भट्टराईले बजेटको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै हाम्रोजस्तो अल्पविकास र परनिर्भरताको दुष्चक्रमा फस्दै आएको अर्थतन्त्रलाई केही दशकभित्र समृद्ध आधुनिक औद्योगिक अर्थतन्त्रमा रूपान्तरण गर्न कछुवाझैँ घस्रने क्रमिक विकासको बाटो हैन भ्यागुतो झैँ उफ्रने महान् छलाङको बाटो अपनाउनुपर्ने बताएका हुन्। तर संसदीय अंकगणित मिलाएर कुर्सीको दिनगन्तीमा रमाउनेहरूबाट आशा गर्न नसकिने उनको भनाइ छ।

‘वार्षिक बजेट प्रस्तुतिको पूर्वसन्ध्यामा हाम्रा सरकारी र सार्वजनिक विमर्शहरू उही पुरानै कर्मकाण्डी प्रकृतिका हुनुरदेखिनु बिडम्वनापूर्ण छ,’ उनले लेखेका छन्,‘क्षणिक पपुलिष्ट वा तुष्टीकरणवादी बजेट हैन मूल नारा ‘दुई अंकको वृद्धिदर, दुई दशक निरन्तर’ किटान गरेर त्यसलाई व्यवहारमा परिणत गर्न आवश्यक पर्ने गम्भीर प्रकृतिका राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक, कानुनी, वित्तीय, मौद्रिक क्षेत्रगत संरचनात्मक सुधार र रूपान्तरणकारी नीतिरकार्यक्रम ल्याउने र लागू गर्ने साहस गर्नुपर्छ? संसदीय अंकगणित मिलाएर कुर्सीको दिनगन्तीमा रमाउनेहरूबाट त्यस्तो के आशा गर्नु र?’

 

प्रकाशित: १५ जेठ २०८१ १०:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eight =