बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

हिमाल प्रेस १५ जेठ २०८१ ९:३६
12
SHARES
बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ- मन्त्रिपरिषद् बैठक बस्दैछ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो।

आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत गर्नेबाहेक अन्य एजेन्डा नरहेको प्रधानमन्त्री स्रोतले जनाएको छ। मंगलबार दिउँसो १ बजे बस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट वाचन गर्दैछन्।

अर्थमन्त्रीले सांसदमार्फत सार्वजनिक गर्नुअघि मन्त्रिपरिषद्बाट बजेट प्रस्तुत सम्बन्धी प्रस्ताव स्वीकृत गराउनुपर्छ।

प्रकाशित: १५ जेठ २०८१ ९:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − six =