मनोरञ्जन कर खारेज गर्न ठमेलका व्यवसायीको माग

हिमाल प्रेस १४ जेठ २०८१ २०:४१
10
SHARES
मनोरञ्जन कर खारेज गर्न ठमेलका व्यवसायीको माग

काठमाडौँ- ठमेल पर्यटन विकास परिषद्ले ठमेलभित्र सञ्चालित व्यवसायमा लगाएको पाँच प्रतिशत मनोरञ्जन कर खारेज गर्न माग गरेको छ।

परिषद्का अध्यक्ष भविश्वर शर्मा नेतृत्वको टोलीले आज बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल तथा मन्त्रीहरूलाई भेटेर ठमेल क्षेत्रभित्रका व्यवसायमा लगाएको मनोरञ्जन कर हटाउन माग गर्दै ज्ञानपत्र बुझाएको हो।

परिषद्ले विगत लामो समयदेखि ठमेल क्षेत्रलाई विशेष पर्यटकीय क्षेत्र घोषणा गरी सबै व्यवसायीलाई निःसर्त पर्यटन व्यवसायीका रूपमा उपत्यका पर्यटन कार्यालयमा दर्ता गर्न आग्रह गरेको छ। उक्त टोलीले ठमेलमा सञ्चालित होटलमा हाल नवीकरण प्रक्रियामा अनावश्यक झन्झट दिने गरी वातावरणीय प्रभाव मूल्यांकन (आईई र ईआईए) माग गरिएको भन्दै उक्त ‘रिपोर्ट’ विना सहज तरिकाले नवीकरण गर्न माग गरेको छ।

आजै बागमती प्रदेशका सभामुख भुवनबहादुर पाठक, उपसभामुख अप्सरा चापागाइँ, आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठ, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यलगायतलाई भेट गरी आफ्नो मागको विषयमा  परिषद्ले ध्यानाकर्षण गराएको छ।

भेटमा मुख्यमन्त्री जम्कट्टेलले परिषद्को मागलाई गम्भीरतापूर्वक लिई चाँडो कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेको सहभागी परिषद्का उपाध्यक्ष सहदेव धमलाले जानकारी दिए।

भेटमा क्लब एसोसिएसनका अध्यक्ष राजु दनै, रात्रिकालीन व्यवसायी संघका अध्यक्ष रुपेश गुरुङ, दोहोरी  संघका अध्यक्ष विनोद श्रेष्ठलगायत सहभागी थिए।

प्रकाशित: १४ जेठ २०८१ २०:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast