पत्रकारले नै लगाए पत्रकार महासंघको कार्यालयमा ताला

हिमाल प्रेस १४ जेठ २०८१ १६:१२
58
SHARES
पत्रकारले नै लगाए पत्रकार महासंघको कार्यालयमा ताला चौतारास्थित नेपाल पत्रकार महासंघको सिन्धुपाल्चोक शाखामा ताला लगाउँदै पत्रकारहरू।

चौतारा– नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखामा तालाबन्दी गरेको छ। पत्रकार महासंघ केन्द्रीय समितिले शुद्धीकरणपछि सार्वजनिक गरेको सदस्यता सूचीप्रति असन्तुष्टि जनाउँदै युनियनले जिल्ला शाखामा अनिश्चितकालीन तालाबन्दी गरेको हो।

युनियन शाखा अध्यक्ष किशोर बुढाथोकीसहितको टोलीले सोमबार जिल्ला शाखामा पुगेर पाँचबुँदे ध्यानाकर्षणपत्र बुझाएको छ। बुढाथोकीले महासंघ शाखा अध्यक्ष जीवन श्रेष्ठलाई ध्यानाकर्षणपत्र हस्तान्तरण गरेका छन्।

‘सदस्यता शुद्धीकरण हुनुपर्छ भन्ने युनियनको माग हो शुद्धीकरणका नाममा फरक संगठनका व्यक्तिहरुलाई फरकफरक नियम भएको छ। यप्रति हाम्रो आपत्ति छ। यही सूची कायम भएमा आउँदो २६ गते तोकिएको महासंघको निर्वाचन हुन नसक्ने हाम्रो ठहर छ’, ध्यानाकर्षणपत्रमा उल्लेख छ।

महासंघ सदस्य रहेका शिक्षकमाथि असमान व्यवहार गरिएको, पूर्वसभापतिहरुलाई अपमानजनक तरिकाले सदस्यताबाट हटाएको, व्यवसायीहरुको सदस्यता कायम रहेको, कानुन व्यवसायीहरुको सदस्यता कायम रहेको, राजनीतिमा सक्रिय हुन्छु भनेर लागेका व्यक्तिहरुको सदस्यता कायम रहेको युनियनले जनाएको छ।

प्रकाशित: १४ जेठ २०८१ १६:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 8 =