नाराबाजी र धकेलाधकेलका बीच सभामुखले चलाए संसद् बैठक

हिमाल प्रेस १३ जेठ २०८१ १२:२९
12
SHARES
नाराबाजी र धकेलाधकेलका बीच सभामुखले चलाए संसद् बैठक

काठमाडौँ- प्रमुख प्रतिपक्षी दलको अवरोधका बीच सभामुख देवराज घिमिरेले सदन अघि बढाएका छन्।

उनले आजको बैठकमा विशेष समय र शून्य समयका कार्यक्रम राखेनन्।

उनले प्रतिपक्षीको तर्फबाट बोल्ने राप्रपाका ज्ञानेन्द्र शाहीलाई दिएका थिए। प्रमुख प्रतिपक्षी दलका सांसदले बैठक कांग्रेसले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए।

सभामुखले अर्थमन्त्री वर्षमान पुनलाई आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा २०८१ पेस गर्न समय दिएपछि कांग्रेसले नारावाजी गर्दै वेल घेराउ गरेको हो।

अहिले पनि प्रतिपक्षीले नाराबाजी गरिरहेका छन्।

प्रकाशित: १३ जेठ २०८१ १२:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast