देउवानिवास पुगे प्रधानमन्त्री, संसद्को गतिरोधबारे छलफल चल्दै

हिमाल प्रेस १३ जेठ २०८१ ९:४०
10
SHARES
देउवानिवास पुगे प्रधानमन्त्री, संसद्को गतिरोधबारे छलफल चल्दै बुढानिलकण्ठमा देउवासँग छलफलमा प्रचण्ड। तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निवास नै पुगेर भेटेका छन्।

उनी अहिले देउवा निवास बूढानीलकण्ठमा छन्। आज सहकारी ठगीसम्बन्धी छलफल गर्न शीर्ष नेताको बैठक बोलाइएको थियो। तर देउवा आन्तरिक छलफलमा व्यस्त रहेपछि प्रधामन्त्री आफै निवास पुगेका हुन्।

समिति गठन गर्ने विषयमा कार्यदलले कार्यादेश (टीओआर) को फाइनल गर्न दिएको थियो। सोही विषयका लागि शीर्ष नेताहरूको बैठक बोलाइएको हो।

टीओआरमा सहमति नजिक पुगिसकेकाले अब संसदीय समिति बन्ने नेताहरूको भनाइ छ। समिति नबनेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरोध गरिरहेको छ।

आज सहमति गर्ने र संसद् बैठक चलाउने विषयमा देउवा र प्रधानमन्त्रीबीच छलफल चलिरहेको निकट स्रोतले जनाएको छ।

प्रकाशित: १३ जेठ २०८१ ९:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast