मोटरसाइकल दुर्घटनामा छोराको मृत्यु, बाबु घाइते

हिमाल प्रेस १३ जेठ २०८१ ८:०७
22
SHARES
मोटरसाइकल दुर्घटनामा छोराको मृत्यु, बाबु घाइते

इटहरी- सुनसरीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

बराहक्षेत्र २ स्थित करमखोला पुल नजिकै भित्री सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा छोराको मृत्यु भएको छ भने बाबु घाइते भएका छन्।

तेह्रहड्डीबाट चतरातर्फ जाँदै गरेको को २८ प ४७५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो ३ः३० बजेतिर दुर्घटना हुँदा मोटरसाइकलमा सवार ७ वर्षीय अनुभव बस्नेतको मृत्यु भएको हो।

मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय पुष्प बस्नेतको अनुहार र बायाँ हातमा चोट लागेर घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

मोटरसाइकलमा पछाडि सवार उनका छोरा अनुभवको भने उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ।

तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रकाशित: १३ जेठ २०८१ ८:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =