पार्टी अध्यक्षमा लड्न खनालले खोले सम्पर्क कार्यालय, भुसालसँग सहकार्य गर्ने तयारी

हिमाल प्रेस १२ जेठ २०८१ १८:०९
718
SHARES
पार्टी अध्यक्षमा लड्न खनालले खोले सम्पर्क कार्यालय, भुसालसँग सहकार्य गर्ने तयारी

काठमाडौँ- आउँदो महाधिवेशनमा अध्यक्ष लड्नका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष झलनाथ खनालले सम्पर्क कार्यालय स्थापना गरेका छन्।

काठमाडौँको मध्य बानेश्वरमा खनालले आजै सम्पर्क कार्यालय खोलका हुन्। आउँदो महाधिवेशनमा अध्यक्षसहित पदाधिकारी र सदस्य जित्न उनले सम्पर्क कार्यालयमार्फत काम गर्ने बताएका छन्।

काठमाडौँको मध्य बानेश्वरमा खनालले आजै सम्पर्क कार्यालय खोलका हुन्। आउँदो महाधिवेशनमा अध्यक्षसहित पदाधिकारी र सदस्य जित्न उनले सम्पर्क कार्यालयमार्फत काम गर्ने नेकपा एकीकृत समाजवादीका इलाम-काठमाडौँ सम्पर्क मन्चका अध्यक्ष कुनल राईले जानकारी दिए।

कार्यालय स्थापना कार्यक्रममा समाजवादीका नेता अशेष घिमिरे, दामोदर अर्याल, दीपक पौडेल, अब्दुल हुसेन खानलगायतको उपस्थिति थियो।

एकीकृत समाजवादीको महाधिवेशन असार १६ देखि २० सम्म हुँदैछ। यसका लागि एकातिरबाट अध्यक्षमा माधवकुमार नेपाल लड्ने लगभग पक्का छ। नेपालसँग आउँदो चुनावमा अध्यक्ष भिड्न खनालले तयारी गरेका हुन्।

खनाल र भुसालको प्यानल बन्ने सम्भावना
आउँदो महाधिवेशनमा अध्यक्ष खनाल र महासचिवमा घनश्याम भुसाल बनेर जाने सम्भावना देखिएको छ। आज मात्रैपनि यसविषयमा खनाल र भुसालबीच छलफल भएको थियो।

खनाल निवास डल्लुमा भएको छलफलमा एक भएर जाने विषयमा छलफल भएको एक नेताले बताएका छन्। ‘उहाँहरूबीच छलफल भएको छ।’ ती नेता भन्छन्, ‘खनाल-भुसाल प्यानल बन्ने सम्भावना छ।’

भुसाल अहिले पनि समाजवादीका महासचिव हुन्। उनी महासचिवमा दोहोरिन चाहन्छन्।

महासचिवमा हालका उपमहासचिव जगन्नाथ खतिवडा पनि लड्न चाहेका छन्। यसका साथै महासचिवमा अन्य दाबेदार पनि छन्। तर मुख्य प्रतिस्पर्धा भुसाल र खतिवडा हुने देखिन्छ।

प्रकाशित: १२ जेठ २०८१ १८:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast