लामिछानेकै नाम राख्ने कांग्रेसको अडानपछि बिना निष्कर्ष सकियो कार्यदलको बैठक

हिमाल प्रेस ११ जेठ २०८१ १२:०७
28
SHARES
लामिछानेकै नाम राख्ने कांग्रेसको अडानपछि बिना निष्कर्ष सकियो कार्यदलको बैठक फाइल तस्बिर

काठमाडौँ– सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन बसेको कार्यदलको बैठकमा आज पनि कुनै निष्कर्षबिनै सकिएको छ।

कानुनमन्त्रालयमा बसेको आजको बैठकमा सहमति नजुटे पनि छलफल सकारात्मक भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए। उनले आजको बैठक सकिएको नभई कांग्रेसले नयाँ प्रस्ताव ल्याएपछि त्यसबारे अतिरिक्त छलफल गर्न स्थगित भएको बताए।

‘अतिरिक्त छलफल केही गर्नु पर्ने भयो। कांग्रेसकोबाट पनि साइड छलफल गर्ने भन्ने भयो। कांग्रेसले गृहमन्त्री रवि लामिछानेकै नाम किटान गर्ने अडान थियो। यो सकिँदैन। भन्नेभएपछि उहाँहरू थप लचक भएर गृहमन्त्री संलग्न भएका सहकारीको नाम समेटेर जाउँ भन्ने प्रस्ताव ल्याउनु भएको छ,’ उनले भने, ‘अब गृहमन्त्रीसँग पनि केही कुरा गर्नुपर्नेछ। उहाँसँग कुरा भएपछि फेरि हामी बस्छौँ।’

उनले समिति बनाउनेबारे सहमति नजिक भएकोले कांग्रेसले संसद् बैठक अवरोध गर्नु सही नहुने पनि बताए।

प्रकाशित: ११ जेठ २०८१ १२:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 4 =