राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, संसद् अवरोधबारे राष्ट्रपतिको चासो

हिमाल प्रेस ११ जेठ २०८१ ११:४५
18
SHARES
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, संसद् अवरोधबारे राष्ट्रपतिको चासो

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। राष्ट्रपति पौडेललाई भेट्न शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्ड शीतल निवास पुगेका हुन्।

भेटमा उनीहरूबीच सरकारले ल्याउन लागेको बजेटको तयारी र प्रतिपक्षी दलहरूले गरिरहेको संसदको अवरोधबारे छलफल भएको शीतल निवास स्रोतले जनाएको छ।

शीतल निवास स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डसँगको भेटमा राष्ट्रपति पौडेलले संसदमा जारी अवरोधबारे चासो राखेका थिए। राष्ट्रपति पौडेलले प्रधानमन्त्री प्रचण्डलाई संसदको अवरोध हटाउन अधिकतम पहल गर्न पनि सुझाव दिएका छन्।

प्रधानमन्त्री प्रचण्डले संसदको गतिरोध अन्त्यका लागि आफूले पहल गरिरहेको र छिट्टै अवरोध हट्ने बताएका थिए।

प्रकाशित: ११ जेठ २०८१ ११:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 6 =