लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध

हिमाल प्रेस ११ जेठ २०८१ ११:२४
78
SHARES
लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध

लुम्बिनी– मायाँदेवीले बोधिसत्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कदै गर्दाको प्रतिकको रुपमा लुम्बिनीबाट शिशु बुद्ध प्राचीन कपिलवस्तुकाे तिलाैराकाेट दरबार लगिएकाे छ। सिद्धार्थ गाैतमलाई बुद्धपूर्णिमाकाे अर्काे दिन लुम्बिनीबाट गृहनगर प्राचीन कपिलवस्तु लगिएकाे स्मरण गर्दै शुक्रबार बाेधिसत्व सिदार्थ शिशु बुद्धलाइ तिलमैराकाेट दरबारतर्फ लगिएकाे हाे।

लुम्बिनी सास्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन र लुम्बिनी विकास काेषका सदस्य सचिव सानुराजा शाक्यले कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेलाई शिशु बुद्ध (बाेधिसत्व सिद्वार्थ) काे धातुकाे मूर्ति हस्तान्तरण गरि प्राचीन तिलाैराकाेट दरबार पठाइएकाे हाे।

बुद्धकी आमा मायादेवी माइतीघर जाँदा लुम्बिनीमा जन्मेका बुद्धलाई गृहनगर तिलाैराकाेट फर्कदाकाे क्षणलाई स्मरण गरि बाेधिसत्व बुद्धकाे मूर्तिकाे शाेभायात्रा गरिएकाे काेषका सदस्य सचिव सानुराजा शाक्यले बताए। राजा शुद्वाेधन र मायादेविकाे स्वरूप बााएर बंगिमा चढाएर शिशु बुद्ध तिलाैराकाेट लगिएकाे छ।

बुद्धका पिता राजा शुद्धोधनले छोरा राजकुमार सिद्धार्थ जन्मिएपछि कपिलवस्तुको तिलौराकोटबाट बाजागाजासहित सेना पठाएकाे बाैद्व धर्मग्रन्थमा उल्लेख छ।

काेषले २५६७ औं बुद्धजयन्तीकाे अवसरमा शिशु बुद्धलाई बाजागाजा सहित २६ किमिको भव्य शाेभायात्रा निकालेको हो। राजकुमार सिद्धार्थ जन्मिएपछि राजधानी कपिलवस्तु (तिलौराकोट) फर्किंदाको २६ सय वर्षअघिको क्षणलाई स्मरण गराउने काेसिस गरिएकाे परिषद सदस्य गाेपिकृष्ण शर्माले बताए।

लुम्बिनीदेखि लगिएकाे शिशु बुद्धलाई तिलौराकोट लगेपछि कार्यक्रम गरिनेछ। बौद्ध ग्रन्थअनुसार मायादेवी गर्भवती भएपछि माइत देवदह जाने इच्छा गरेकी थिइन्। रमणीय बगैंचा लुम्बिनी पुगेपछि डोेलीबाट ओर्लिएर प्राकृतिक सौन्दर्यको आनन्द प्राप्त गर्न नपाउँदै शारीरिक स्वभावमा परिवर्तनसँगै सालको वृक्ष समातेर राजकुमार सिद्धार्थलाई जन्म दिएकी थिइन्। यो खबरले तिलौराकोट, कपिलवस्तु सहर र देवदहमा हर्षोल्लास भयो र सिंगो कपिलवस्तु सहर सिँगारेर चिटिक्क पारिएको थियो।

सुत्केरी मायादेवी, शिशु सिद्धार्थसहित सयौं गन्यमान्य रथमा बसेर कपिलवस्तु फर्किएकी थिइन्। त्यतिबेला कपिलवस्तुका प्रत्येक नागरिकले राजा शुद्धोधनलाई पुत्रलाभ भएको खुसियालीमा घरघरबाट स्वागत एवं दीपावली गरेका थिए। सिंगो कपिलवस्तुमा कैयौं दिनसम्म खुसी भएको स्मरण गर्दै रथयात्रा सुरु गरिएको हो।

भगवान शाक्यमुनी बुद्ध ई.पूू.६२३ मा लुम्बिनीको सुुन्दर र पवित्र बगैचामा माता मायादेवीको कोखबाट बैशाख शुक्लपूूर्णिमाका दिन भएको थियो। बुद्धको जन्म, वोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन अर्थात वैशाख पूर्णिमाको दिनलाई लुम्बिनी विकास कोषले बिशेष महत्वका साथ बुद्ध जयन्ती एंव लुम्बिनी दिवसका रुपमा मनाउँदै आएको छ। बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाफ प्रचण्डकाे प्रमुख आतिथ्यतामा मूल समाराेह गरिएकाे थियाे।

प्रकाशित: ११ जेठ २०८१ ११:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − three =