प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची

हिमाल प्रेस ११ जेठ २०८१ ६:०५
10
SHARES
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभा बैठक आज  बिहान ११ बजेका लागि बोलाइएको छ। संसद् सचिवायलयले बैठकबाट नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।

जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। उक्त नीति तथा कार्यक्रममाथि छलफल हुन सकेको छैन।

सम्भावित कार्यसूचीअनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसपछि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत गरिनेछ। नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिने छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको बचत रकम हिनामिनाबारे उपप्रधान तथा  गृहमन्त्री रवि लामिछानेको नाम नै तोकेर संसदीय छानबिन समितिको माग गर्दै स‌ंसद् अवराेध गर्दै आएको छ।

उसले आफ्ना माग पूरा नभएसम्म संसद् चल्न नदिने बताएकाे छ। सभामुख देवराज घिमिरेले कांग्रेसको अवराेधबीच संसद् बैठक अगाडि बढाइरहेका छन्।

त्यसैगरी स‌ंसद् बैठकअघि सहकारी छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बस्दैछ।

यस्ताे छ सम्भावित कार्यसूची

 

प्रकाशित: ११ जेठ २०८१ ६:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =