मेक्सिकोमा ‘स्टेज’ भत्किँदा ९ जनाको मृत्यु

हिमाल प्रेस १० जेठ २०८१ १८:०२
6
SHARES
मेक्सिकोमा ‘स्टेज’ भत्किँदा ९ जनाको मृत्यु

 मेक्सिको सिटी- उत्तरी मेक्सिकोमा बिहीबार चुनावी अभियानका लागि निर्माण गरिएको कार्यक्रमस्थल (स्टेज) हुरीका कारण भत्किँदा एक बालकसहित कम्तीमा ९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

नुएभो लियोनका गभर्नर स्यामुएल गार्सियाका अनुसार दुर्घटनामा परी घाइते भएकामध्ये अहिलेसम्म कम्तीमा ९ जनाको मृत्यु भएको र अन्य ५० जनाको घाइते अवस्थामा उपचार भइरहेको छ।

स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक ‘भिडियो फुटेज’ मा दुर्घटनाको दर्दनाक दृश्यलाई देखिन्छ। भिडियोमा स्टेजबाट भाग्दै गरेका मानिसहरूलाई कैद गरिएको छ।

पीडितका आफन्तले हावाको तीव्र बेगकाका कारण स्टेज खसेको बताएका छन्। भिडियो सामाग्रीमा सैनिकहरू जमिनमा छरिएका भग्नावशेष र अभियान पोस्टरहरूले भरिएको मैदानमा मेडिकल टोलीहरूले शवहरू भ्यानमा सार्दै गरेको देखिएको थियो।

प्रकाशित: १० जेठ २०८१ १८:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + fourteen =