गृहमन्त्रीकाे अभिव्यक्ति संसदकाे रेकर्डबाट हटाउन विश्वप्रकाशको माग

हिमाल प्रेस १० जेठ २०८१ १६:२१
24
SHARES
गृहमन्त्रीकाे अभिव्यक्ति संसदकाे रेकर्डबाट हटाउन विश्वप्रकाशको माग विश्वप्रकाश शर्मा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सांसदले विदेशीलाई सूचना बेच्छन् भन्ने संसदमा बोलेको अभिव्यक्ति संसद रेकर्डबाट हटाउन माग गरेका छन्। बिहीबार नेपाल विद्यार्थी संघ झापा–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले गृहमन्त्रीले संसदमा गएर त्यस प्रकारको अभिव्यक्ति दिन नमिल्ने बताए। उनले सभामुख देवराज घिमिरे गृहमन्त्रीको उक्त अभिव्यक्तिप्रति सहमत हो भन्दै प्रश्न गरे। सहमति नभए संसदको रेकर्डबाट उक्त अभिव्यक्ति हटाउन आग्रह गर्दै उनले गृहमन्त्रीसँग त्यसको सूचना छ भने पक्राउ गरी कारबाही गर्न आग्रह गरे।

भ्रष्टाचारका फाइल खोल्ने कुरा मात्रै नभई २०४६ सालपछिका सबै उच्च पदस्थ व्यक्तिहरूको फाइल खोलेर कारबाही गर्न उनले आग्रह गरे। कांग्रेसका कसको कसको छानबिन गर्ने हो गरे हुने तर गम्भीर रूपमा छानबिन हुनुपर्ने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले रवि दोषी देखिए आफूहरू राजनीति छोड्ने र कांग्रेसका कोही व्यक्ति दोषी देखिए कांग्रेसले राजनीति छोड्नुपर्ने चुनौती दिएकोप्रति इंगित गर्दै कोही व्यक्ति दोषी देखिए पार्टीले राजनीति गर्न छोड्नुपर्ने अहिलेको समय सती प्रथाको नभएको जिकिर गरे। उनले एक जना दोषी देखिए सबैले राजनीति छोड्ने कुरा सती प्रथा सरह भएको भन्दै सती प्रथा चन्द्र समशेरले अन्त्य गरिसकेकाे बताए।

प्रकाशित: १० जेठ २०८१ १६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast