काठमाडौं- आइसिसी ट्वान्टी-२० विश्वकपअघि क्यानडाले मुख्य प्रशिक्षक पुबुदु दासानायकेलाई बर्खास्त गरेको छ।
श्रीलंका(क्यानाडाका पूर्व खेलाडी दासानयके सन् २०२२ मा दोस्रो कार्यकालका लागि क्यानाडाको प्रशिक्षकमा नियुक्त भएका थिए।
दासानायकेले क्यानाडालाई विश्वकपमा छनोट गराउनुका साथै पुनः एकदिवसीय मान्यता दिलाएका थिए। यसैगरी उनकै प्रशिक्षणमा क्यानाडाच्यालेन्ज लिगबाट लिग २ मा बढुवा भएको थियो।
क्रिकबजका अनुसार उनीसँग असन्तुष्ट खेलाडीले बोर्डलाई पत्र लेखेका थिए। क्यानाडा क्रिकेट बोर्डले उक्त पत्र पाएसँगै दासानयकेलाई बर्खास्ती गरेको हो। बुधबार साँझ बोर्ड बैठक बस्ने अपेक्षा गरिएको छ। क्यानाडाले दासानायकेको स्थान कसले लिने भन्नेबारे कुनै जानकारी दिएको छैन।
क्यानाडाले जुन १ मा आयोजक अमेरिकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।
दासानायकले सन् २०११ देखि २०१५ तथा २०२१ देखि २०२२ सम्म नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सम्हालेका थिए।