कोशी प्रकरण : सर्वोच्चले माग्यो केदार कार्कीको नियुक्ति हुँदाको सक्कल कागज

हिमाल प्रेस ९ जेठ २०८१ १७:४४
32
SHARES
कोशी प्रकरण : सर्वोच्चले माग्यो केदार कार्कीको नियुक्ति हुँदाको सक्कल कागज केदार कार्की।

काठमाडौँ- सर्वोच्च अदालतले कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीको नियुक्ति र विश्वासको मत लिँदाको सक्कल फाइल मगाएको छ। हिक्मत कार्कीको नियुक्ति खारेजी र आफ्नो पुनर्वहालीको माग लिएर सर्वोच्च गएका कार्कीको रिटमा आज सुनुवाइ गर्दै थप कागज मगाएको हो।

न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको संयुक्त इजालसले ती दुई कागजको सक्कल फाइल महान्याधिवक्ताको कार्यालय मार्फत यथाशीघ्र झिकाउन आदेश दिएको छ।

इजालसले उत्प्रेषण आदेश दिँदै असोज २५ गते ४७ जना सांसदहरूको समर्थनपश्चात नियुक्तिसम्बन्धी फाइल र नियुक्तिपश्चात कात्तिक १ गते ८६ जना सांसदबाट प्राप्त विश्वासको मतसम्बन्धी फाइल सक्कल मगाएको छ।

प्रकाशित: ९ जेठ २०८१ १७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − nine =