सिरोहिया पक्राउ बारे भीम रावल भन्छन् : मन्त्री र अरुका लागि कानुन फरक हुन्छ?

हिमाल प्रेस ९ जेठ २०८१ १७:४१
42
SHARES
सिरोहिया पक्राउ बारे भीम रावल भन्छन् : मन्त्री र अरुका लागि कानुन फरक हुन्छ? भीम रावल

काठमाडौँ- नेकपा एमाले नेता भीम रावलले मन्त्री र अरुका लागि फरक फरक कानुन हुन्छ भन्दै सरकारलाई प्रश्न गरेका छन्।

सामाजिक सञ्जालमार्फत नेता रावलले गृहमन्त्री रवि लामिछानेसँग नेपालको कानुन विपरित दुई नागरिकता र दुई राहदानी हुँदा कारवाही नगर्ने तर कैलाश सिरोहियालाई नागरिकतामा विवरण फरक परेको भन्दै कार्यकक्षबाट पक्रिने? भन्दै प्रश्न गरेका हुन्।

उनले भनेका छन्- गृहमन्त्री रवि लामिछानेसँग नेपालको कानून विपरीत विदेशको समेत गरी दुई नागरिकता र राहदानी हुँदा केही कारवाही नगर्ने तर कैलाश सिरोहियालाई दुइटा नागरिकतामा विवरण फरक परेको भनी कार्यकक्षबाट पक्रेर रातारात धनुषा लिने! के मन्त्री र अरूका लागि फरक-फरक कानून छ ? कानूनी राज्यको उपहास !

प्रकाशित: ९ जेठ २०८१ १७:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + one =