आगामी साता इजरायल जाँदै छन् ५८ नेपाली

हिमाल प्रेस ९ जेठ २०८१ १५:३९
12
SHARES
आगामी साता इजरायल जाँदै छन् ५८ नेपाली इजरायल।

काठमाडौँ– इरानको रकेट तथा ड्रोन आक्रमणपछि रोकिएको इजरायलको रोजगारी फेरि खुल्ने भएको छ। वैदेशिक रोजगारी विभागले आगामी साता करार सम्झौता गरेका मध्ये ५८ जनालाई इजरायल पठाउन तयारी गरेको छ।

विभागले करार भई भिसा आएका परीक्षार्थीलाई इजरायल जानका लागि तयारी हुन सूचना निकाली सकेको छ।

इरानको आक्रमणपछि करिब ४२५ जना करार सम्झौता भएका कामदार रोकिएका छन्। उनीहरु करार सम्झौता भई सबै प्रक्रिया सकिएर बसेका ५८ जना युवा आगामी साता इजरालय जाने विभागका निर्देशक गिरीराज ज्ञवालीले जानकारी दिए।

इजरायलमा तनाव कम हुँदै गएका कारण नेपाली कामदार पठाउन लागिएको उनको भनाइ छ। गत बर्ष इरानले आक्रमण सुरु गरेपछि रोजगारीका लागि इजरायल जान करार सम्झौता भएका ४२५ जना नेपाली रोकिएका थिए। उनीहरुको करार र आवश्यक प्रक्रिया पूरा गरेर पठाउने तयारी भइरहेको विभागले जनाएको छ।

अन्य रोकिएका कामदारको हकमा इजरायलका दीर्घकालीन स्याहार केन्द्रका लागि नेपाली सहायक श्रमिकमध्ये इजरायली दूतावासबाट भिसा जारी भएपछि पठाउन थालिने विभागको भनाइ छ।

गत बर्ष इजरायल जिटुजीमार्फत करिब ११ सय नेपाली गएको विभागको तथ्यांकमा छ। यससँग इजरायली भाषा उत्तीर्ण गरेका थप ५०० नेपालीको कोटा इजरायलले थपेको थियो। यसबाहेक थप कोटाका विषयमा पनि नेपालस्थित इजरायली दूतावाससँग छलफल भइरहेको विभागले जनाएको छ।

प्रकाशित: ९ जेठ २०८१ १५:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + ten =