पर्यटनमन्त्री तामाङको सम्पत्ति : २० लाख नगद, ६ तोला सुन

हिमाल प्रेस ८ जेठ २०८१ १६:१६
8
SHARES
पर्यटनमन्त्री तामाङको सम्पत्ति : २० लाख नगद, ६ तोला सुन

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको सम्पत्ति विवरण सार्वजनिक भएको छ। गत जेठ ३ गतेको मन्त्रिपरिषद्‌को निर्णयअनुसार मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको विवरण अनुसार तामाङसँग राष्ट्रिय वाणिज्य बैंकमा ७ लाख ५० हजार रुपैयाँ मौज्दात छ।

त्यस्तै चल सम्पत्तिमा १३ लाख नगद पनि छ, जसलाई उनले तलब भत्ताबापत पाएको भनेका छन्। त्यसैगरी उनको जन्मथलो नुवाकोट पञ्चकन्या गाउँपालिका–३ मा १२ रोपनी ८ आना ३ पैसा १ दाम जग्गा पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन्।

त्यसबाहेक तामाङसँग ६ तोला सुन र ७/८ तोला रहेको र ती तलब भत्ताबाट खरिद गरेको उनले विवरणमा खुलाएका छन्।

 

प्रकाशित: ८ जेठ २०८१ १६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =