कैलाश सिरोहिया भन्छन् : सहकारी ठगीसम्बन्धी समाचार रोकाउन र विषयान्तर गर्न पक्राउ पुर्जी जारी गरियो

हिमाल प्रेस ८ जेठ २०८१ १५:१७
54
SHARES
कैलाश सिरोहिया भन्छन् :  सहकारी ठगीसम्बन्धी समाचार रोकाउन र विषयान्तर गर्न पक्राउ पुर्जी जारी गरियो

काठमाडौँ- आफूविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि गम्भीर आरोप लगाएका छन्।

सिरोहियाले विज्ञप्ति जारी गरी सहकारी ठगी प्रकरणमा नाम जोडिएका लामिछानेले सहकारी ठगीसम्बन्धी समाचार रोकाउन र मूल मुद्दालाई विषयान्तर गर्न आफूविरूद्ध उजुरी गर्न लगाएर सोधपुछसमेत नगरी पक्राउ पुर्जी जारी गरिएको बताएका हुन्। सिरोहियाविरुद्ध धनुषा जिल्ला अदालतबाट मंगलबार पक्राउ पुर्जी जारी भएको छ।

‘समाचार लेखेका भरमा मिडिया हाउसका अध्यक्षमाथि व्यक्तिगत प्रतिशोध लिएर प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग गर्ने पदाधिकारीले यो पनि सोचून्, दोहोरो पासपोर्टमा अनुसन्धान हुनुपर्ने व्यक्ति महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नलाग्ने निर्णय गराएर राजनीतिक बार्गेनिङ गरी सत्तामा गएको विषयमा अनुसन्धान कहिले हुने हो?’ विज्ञप्तिमा उल्लेख छ।

सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो। त्यही जाहेरीका आधारमा जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले उनीविरूद्ध पुर्जी जारी गर्न आदेश दिएको हो। उनले यसअघि पनि आफूले कुनै गलत कार्य नगरेको दाबी गरेका थिए।

‘कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा म तयार छु। तर राज्यशक्ति दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट म अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित विचलित हुने छैन,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘सत्ता र शक्ति दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफै पनि जेल गएको हुँ।’

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

प्रकाशित: ८ जेठ २०८१ १५:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − two =