सहकारी छानबिन गर्ने संसदीय समितिको कार्यदलको बैठक बस्दै

हिमाल प्रेस ८ जेठ २०८१ ६:५८
12
SHARES
सहकारी छानबिन गर्ने संसदीय समितिको कार्यदलको बैठक बस्दै

काठमाडौँ- सहकारी ठगीका विषयमा छानबिनका लागि गठन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक आज बस्ने भएको छ।

बैठक कानुन मन्त्रालयमा बिहान ९ बजे सुरु हुने कानुनमन्त्री पदम गिरीका प्रेस सल्लाहकार श्रीधर पौडेलले जानकारी दिए। यसअघि गत आइतबार बसेको कार्यदलको बैठकले कार्यादेशमा सहमति जुटाउन सकेको थिएन ।

सत्ता र प्रतिपक्ष दलले गत शनिबार सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो । सो सहमति अनुसार समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन कार्यदल गठन गरिएको थियो ।

 

प्रकाशित: ८ जेठ २०८१ ६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − one =