रविलाई रामहरि खतिवडाले भने: घडी बारे छानबिन गर्नुस्, तपाईंजस्तो अमेरिका भाग्दिन

हिमाल प्रेस ७ जेठ २०८१ १९:२३
96
SHARES
रविलाई रामहरि खतिवडाले भने: घडी बारे छानबिन गर्नुस्, तपाईंजस्तो अमेरिका भाग्दिन

काठमाडौं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेलाई घडीको बारेमा आफ्नो संलग्नता पुष्टि गर्न चुनौति दिएका छन्।

सोमबार सामाजिक सञ्जालमा लेख्दै खतिवडाले घडी प्रकरणमा आफ्नो संलग्नता पुष्टि गरे आफू ‘नागरिकता छोडेर अमेरिका नभाग्ने’ भन्दै कटाक्ष गरेका हुन्।

आइतबार प्रतिनिधि सभामा बोल्दै लामिछानेले सञ्चारमाध्यममा घडी चोरेको समाचार आएको भन्दै त्यसबारे पनि छानबिन समिति बनाउनुपर्ने बताएका थिए।

उनले सहकारी ठगीबारे नेपाली कांग्रेसले छानबिन समिति बनाउन माग गरेको विषयमा जवाफ दिँदै उनले सो प्रशंग उठाएका थिए।

जवाफमा खतिवडाले लामिछानेलाई लामिछानेको ‘अभिव्यक्ति विचलित मानसिकता’ भनेका छन्। उनले लेखेका छन्,‘तपाइँ मन्त्री हुनुहुन्छ, मेरो संलग्नता पुष्टि गर्नुहोस्, म सजाय भोग्न तयार छु। तपाइँं जस्तो नेपाली नागरिकता छाडेर म अमेरिका भाग्दिन।’

प्रकाशित: ७ जेठ २०८१ १९:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast