उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

हिमाल प्रेस ७ जेठ २०८१ १७:१८
10
SHARES
उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा सर्वोच्च अदालत

काठमाडौँ- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको पार्टी फुटविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा परेको छ। निर्वाचन आयोगको निर्णय यथावत् राखी फरक दलका रूपमा काम नगर्न/नगराउने माग गर्दै यादवले आइतबार दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको थियो।

इजलासको अन्तिम नम्बरमा रहेको रिट हेर्न नभ्याइनेमा परेको हो। यादवको रिट ढुंगानाको इजलासको अन्तिम नम्बरमा परेको थियो। अन्तिम चारमा परेका सबै मुद्दा हेर्न नभ्याइनेमा परेका छन्।

यादवले यसअघि दिएको रिटमा मंगलबारलाई पेसी तोकिएको छ। तर, उनले निर्वाचन आयोगको निर्णय बदरभागी भएको र पार्टी छाडेका सांसदहरूलाई संसदीय भूमिकाबाट निलम्बित राख्ने आदेश माग गर्दै सर्वोच्चमा अर्को रिट दायर गरेका थिए।

यादवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित निर्वाचन आयोग र पार्टी छोडेको सात सांसदलाई विपक्षी बनाएका छन्। यादवको रिटमा अन्तरिम आदेश भएको भए अशोक राई नेतृत्त्वको पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन पाउने थिएन।

प्रकाशित: ७ जेठ २०८१ १७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 2 =