सुर्खेतमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु

हिमाल प्रेस ७ जेठ २०८१ १५:१८
78
SHARES
सुर्खेतमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगर नगरपालीका ७ मा मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दैलेखदेखि सुर्खेततर्फ आउँदै गरेको ००१ ख ०८५२ नम्बरको मिनी बस वीरेन्द्रनगर ७ कट्कुवामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्रवीर विश्वकर्माले बताए।

उनका अनुसार दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । मृत्युहुनेको सनाखत हुन बाँकी छ। यस्तै दुर्घटनामा १५ जना घाइते भएको र पूरा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ७ जेठ २०८१ १५:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 9 =