प्रतिनिधिसभाको बैठक साढे चार बजेसम्मलाई सारियो

हिमाल प्रेस ६ जेठ २०८१ १६:०६
10
SHARES
प्रतिनिधिसभाको बैठक साढे चार बजेसम्मलाई सारियो

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठक समय फेरि सारिएको छ। दलहरूबीच संसदीय छानबिन समितिको क्षेत्राधिकारबारे सहमति जुट्न नसक्दा संसद् बैठक अपराह्न ४:३० बजेसम्मलाई बैठक सारिएको संसद् सचिवालयले जनाएको छ।

सहकारी प्रकरणमा छानबिन समितिको क्षेत्राधिकारलगायतको विषयमा सत्तापक्ष र विपक्षी दलको संयुक्त कार्यदलको बैठ जारी छ।

गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने तर छानबिन समितिको टीओआरमा सहमति नजुटेसम्म बैठक नचलाउन विपक्षी मोर्चाको आग्रहपछि सदनको समय परिवर्तन गरिएको हो।

कांग्रेसले टीओआरमा रवि लामिछानेको नाम किटान गरेरै लेख्नुपर्ने अडान लिएको छ। सत्तापक्षबाट लामिछानेको नाम किटान नगर्ने र उनी संलग्न भएको भनिएका सहकारीको नाम उल्लेख गर्ने प्रस्ताव आएपछि सोहीमाथि छलफल जारी छ।

उता राष्ट्रियसभा बैठक भने बस्दै नबसी भोलिसम्मका लागि स्थगित भइसकेको छ।‍ दिउँसो १:१५ बजे बस्ने गरी डाकिएको बैठक दिउँसो ३:१५ बजेसम्मका लागि सरेको थियो। सारिएको समयमा पनि बैठक बस्न नसकेपछि भोलि सोमबार अपराह्न १:१५ बजे बैठक बस्ने सूचना संसद्स चिवालयले निकालेको छ।

प्रकाशित: ६ जेठ २०८१ १६:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =