भोलिसम्मका लागि सर्‍यो राष्ट्रियसभा बैठक

हिमाल प्रेस ६ जेठ २०८१ १५:४७
8
SHARES
भोलिसम्मका लागि सर्‍यो राष्ट्रियसभा बैठक प्रतिनिधिसभाको बैठक।

काठमाडौँ- राष्ट्रियसभाको आजको बैठक बस्दै नबसी भोलिसम्मका लागि सरेको छ। १:१५ बजे बस्ने गरी डाकिएको बैठक दिउँसो ३:१५ बजेसम्मका लागि सरेको थियो। सारिएको समयमा पनि बैठक बस्न नसकेपछि भोलि सोमबार अपराह्न १:१५ बजे बैठक बस्ने सूचना संसद् सचिवालयले निकालेको छ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आइरहेको थियो। सोहीअनुसार दलहरूबीच संसदीय छानबिन समिति गठन गर्न सहमति त जुट्यो तर त्यको कार्यदेश कस्तो हुने/केके उल्लेख गर्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन।

कार्यदलको बैठक आजमात्रै तीनपटक बसिसकेको छ। दलहरूबीच अहिले कार्यदेशमा लामिछानेको नाम समावेश नगर्ने तर उनी संलग्न भएको भनिएका सहकारीको नाम उल्लेख गर्ने विषयमा कानुनमन्त्री पदम गिरीको कार्यकक्षमा छलफल जारी छ।

 

प्रकाशित: ६ जेठ २०८१ १५:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =