‘संयुक्त भिसा प्रणाली लागू’ गर्दै खाडी मुलुक

हिमाल प्रेस ६ जेठ २०८१ ११:०८
30
SHARES
‘संयुक्त भिसा प्रणाली लागू’ गर्दै खाडी मुलुक साउदी अरेबियाको रियादमा रहेको गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) को मुख्यालय। तस्बिर साभार : जीसीसी

काठमाडौँ- गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) अन्तर्गतका देशले संयुक्त भिसा प्रणाली लागू गर्ने भएका छन्। साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन, कुवेत, ओमान र कतारले युरोपेली देशले प्रयोगमा ल्याएको सेन्जेन भिसाजस्तै यी देशले ‘संयुक्त भिसा प्रणाली लागू’ गर्ने भएका हुन्।

हाल युरोपेली संघको सेन्जेन भिसाजस्तै उक्त संयुक्त भिसा प्रणाली लागू भएपछि खाडीका देशमा कार्यरत आप्रवासी कामदारले पनि ६ वटा देश गर्न पाउनेछन्। एक महिना अवधिको रहने उक्त भिसा लागू भएपछि आप्रवासी कामदारले पनि भ्रमण गर्न र छुट्टी मनाउन अन्य खाडीका देश जान पाउनेछन्।

जीसीसीअन्तर्गतका देशले ठूलो संख्यामा विदेशी पर्यटक आकर्षित गर्नसमेत संयुक्त भिसा प्रणाली लागू गर्ने लागेको यूएईका अर्थमन्त्री अब्दुल्ला बिन तौक अल मारीले बताएका छन्। गल्फ न्युजले यूएईका अर्थमन्त्री मारीलाई उधृत गर्दै संयुक्त भिसा प्रणाली लागू भए पनि रोजगारीमा आएका विदेशी श्रमिकले समेत गल्फ कोअपरेसन काउन्सिलका सबै देश घुम्न पाउने समाचार प्रकाशित गरेको छ।

जीसीसीका अधिकारीहरूले सन् २०२४ को अन्त्यसम्म संयुक्त भिसा प्रणाली कार्यान्वयनमा आउने बताएका छन्। उक्त भिसाले व्यापार र सांस्कृतिक आदानप्रदानका लागि खाडी क्षेत्रमा अवसरहरू सिर्जना गर्ने आकलनसमेत जीसीसीको छ। क्षेत्रीय र अन्तर्राष्ट्रिय दुवै पर्यटकहरूका लागि प्रमुख गन्तव्यका रूपमा खाडी देश स्थापित हुने पनि समेत जीसीसीले बताउँदै आएको छ।

प्रकाशित: ६ जेठ २०८१ ११:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 7 =