भक्तराज आचार्यको वायोपिक ‘आचार्य’ असार ७ बाट पुनः प्रदर्शन हुने

हिमाल प्रेस ५ जेठ २०८१ १७:५५
16
SHARES
भक्तराज आचार्यको वायोपिक ‘आचार्य’ असार ७ बाट पुनः प्रदर्शन हुने

काठमाडाैँ- भजन शिराेमणि भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्य’ आगामी असार ७ गतेबाट पुनः प्रदर्शन हुने भएकाे छ। आज काठमाडाैँमा आयोजित एक कार्यक्रमका बीच फिल्म पुनः प्रदर्शनमा आउने जानकारी दिइएकाे हाे। १३ वर्षअघि ‘आचार्य’ प्रदर्शन भएकाे थियाे।

गत फागुनमा निधन भएका भक्तराजको जीवनीमा आधारित फिल्मलाई नेपाल तथा विदेशमा एकसाथ प्रदर्शन गरिनेछ। नेपालमा ब्यांकटेस इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिजले फिल्म प्रदर्शन गर्नेछ।

फिल्ममा भक्तराजको भूमिकामा उनकै जेठा छोरा सत्यराज छन्। उनी फिल्मका निर्मातासमेत हुन्। पहिलोपटक फिल्म रिलिज हुँदा धेरैले हेर्न नपाएकाले पुनः रिलिज गर्न लागिएको उनले बताए।

उनका अनुसार ‘आचार्य’ लाई नयाँ फिल्मजस्तै गरी रिलिज गरिनेछ। आगामी साता ट्रेलर रिलिज गरिने र असार ५ गते  फिल्म प्रिमियर शोको आयोजना गरिने पत्रकार सम्मेलनमा उनले भने।

प्रशान्त रसाइलीको निर्देशनमा तयार भएको फिल्ममा सत्यराजसहित सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ललगायतको पनि अभिनय छ।

भक्तराजलाई श्रद्धाञ्जलीस्वरुप फिल्म पुनः रिलिज गर्न लागिएको छोरा स्वरुपराज आचार्यले बताए। ‘सायद त्यो बेला यो फिल्मका लागि सही समय थिएन होला। अहिले एकदमै उपयुक्त समय लागेकाले फिल्म पुन रिलि जगर्न लागिएका हो’,उनले भने।

फिल्ममा भक्तराजको जीवनका अनेक पाटा केलाइएको छ। फिल्मको निर्माण टिमले दिएको जानकारीअनुसार फिल्मको ट्रिमिङ्ग तथा पुन: सम्पादनको काम टुल्की निर्देशक देवजंग थापाले गरेका हुन्।

फिल्ममा भक्तराजको निधनपश्चातका फुटेजहरू पनि समावेश गरिएका छन्। फिल्मका निर्माता रोशन राई हुन्।

प्रकाशित: ५ जेठ २०८१ १७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 6 =