सदन खुलाउने शीर्ष नेतासँग छलफल गर्दै सभामुख

हिमाल प्रेस ५ जेठ २०८१ ९:४८
6
SHARES
सदन खुलाउने शीर्ष नेतासँग छलफल गर्दै सभामुख सभामुख देवराज घिमिरे।

काठमाडौँ- सभामुख देवराज घिमिरेले आज दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । सदनमा देखिएको अवरोध खुलाउने विषयमा छलफलका लागि शीर्ष नेताहरुलाई उनले आफ्नै निवासमा बोलाएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छलफलमा बोलाइएको हो ।

कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ।

प्रकाशित: ५ जेठ २०८१ ९:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =