गृहमन्त्रीको राजीनामा माग्दै नेविसंघले गर्‍यो प्रदर्शन

हिमाल प्रेस ४ जेठ २०८१ १६:००
16
SHARES
गृहमन्त्रीको राजीनामा माग्दै नेविसंघले गर्‍यो प्रदर्शन

काठमाडौँ- सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्रि रवि लामिछानेको राजीनामा माग्दै नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघले संसद् भवनअगाडि प्रदर्शन गरेको छ। कालो पट्टीसहित प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ताहरूमाथि प्रहरीले तत्कालै धरपकड गरेको छ।

गृहमन्त्रीको राजीनामा माग्दै उनीहरूले संसद् भवनअगाडि प्रदर्शन गर्दा केही बेर यातायातसमेत प्रभावित भयो। प्रदर्शनका क्रममा प्रहरीले ११ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ। प्रदर्शन गर्ने नेविसंघका ११ जना नेताहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए।

गृहमन्त्री रवि लामिछानेले आफूलाई संसद्‌मा पहिले बोल्न दिनुपर्ने माग गर्दै आएका छन्। नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति बनाउनुपर्ने माग गर्दै लगातार सदनमा अवरोध गर्दै आएको छ।

प्रकाशित: ४ जेठ २०८१ १६:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =