यस्तो छ ‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’

हिमाल प्रेस ४ जेठ २०८१ १५:४९
18
SHARES
यस्तो छ ‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’

काठमाडौँ- घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक गरिएको छ।

एसडी योगी र नभिता पौडेलको स्वर रहेको गीतको रचनाकार राम अविरल बिष्ट हुन्। गीतमा गायक योगीलेनै संगीत भरेका छन्। गीतको भिडियोमा साम्राज्ञी आरएल शाह, निश्चल खड्का र गरिमा शर्माबीचबीचको त्रिकोणात्मक प्रेमलाई देखाइएको छ।

ट्राभल लभस्टोरीको कथामा आधारित छ। प्रदीप भारद्धाजले फिल्मको कथा, पटकथा र संवाद लेखेका छन्। फिल्म जेष्ठ २५ मा प्रदर्शन हुनेछ। फिल्ममा साम्राज्ञी, निश्चल र गरिमाबाहेक कवीर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धीलगायत कलाकारको अभिनय छ।

यस्तो छ गीत


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − six =