प्रधानमन्त्रीले कांग्रेसका नेताहरूलाई छलफलका लागि बोलाए

हिमाल प्रेस ४ जेठ २०८१ १३:२८
36
SHARES
प्रधानमन्त्रीले कांग्रेसका नेताहरूलाई छलफलका लागि बोलाए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूलाई छलफलका लागि बोलाएका छन्। कांग्रेस महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाका अनुसार आज शुक्रबार साँझ ६ बजे बस्ने गरी प्रधानमन्त्रीले बोलाएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूलाई छलफलमा बोलाएका छन्। प्रधानमन्त्री दाहालले शुक्रबार साँझ ६ बजे छलफलका लागि बोलाएको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए। उनले आफूहरू  साँझ ६ बजे छलफलका लागि जाने पनि बताए।

कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। सत्तापक्षले भने समग्र सहकारीको छानबिनका लागि समिति बनाउन भनेको छ।

कांग्रेसको मागलाई राप्रपा, जसपा नेपाल, लोसपालगायत दलले पनि समर्थन जनाएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार विपक्षी दलका नेताहरूसँग छलफल गरेका थिए। आजै प्रतिपक्षी दलका प्रमुख सचेतकलगायत दलसँग सभामुख देवराज घिमिरेले पनि छलफल गरेका थिए। छलफलमा प्रतिपक्षी दलका नेताहरूले जबर्जस्ती ढंगले संसद् बैठक अघि नबढाउन आग्रह गरेका थिए।

प्रकाशित: ४ जेठ २०८१ १३:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast