कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

हिमाल प्रेस ४ जेठ २०८१ १०:४८
8
SHARES
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

काठमाडौँ- नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले संघीय संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक बोलाएका छन्। पछिल्लो राजनीतिबारे छलफल गर्न देउवाले विपक्षी दलको बैठक बोलाएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

‘संसद्को पछिल्लो राजनीतिबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले प्रतिपक्षी दलको बैठक बोलाउनु भएको छ,’ आज बिहान नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै लेखकले भने।

प्रमुख सचेतक लेखकले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको पुनः माग गरिएको पनि बताए।

उनले भने, ‘हामीले निरन्तर संसदीय छानबिन समिति माग गर्दै आएका छौँ। आज हामीले पुनः माग गरेका छौँ। लाखौँ मानिसहरूको अर्बौं रकम सहकारीमा बचत गरिएको थियो। त्यो हिनामिना भएको छ। दुरुपयोग भएको छ। ठगी भएको छ। त्यसको अपचलन भएको छ। त्यसो भएको हुनाले बचतकर्ताको बचतको सुरक्षाको ग्यारेन्टी गर्न, बचत रकम फिर्ता गर्ने ग्यारेन्टी गर्न संसदीय छानबिन समिति आवश्यक छ।’

सरकारले सहकारीको बचत रकम हिमामिना गर्नेमाथि अनुसन्धान गरेर कारबाही गर्नुको सट्टा बचाउन लागेको लेखकले बताए। उनले भने,‘सहकारीको बचत हिनामिना गर्नेलाई सरकार लागेको छ। यस्ता जनविरोधी काममा नलाग्न सरकारलाई आजको बैठकबाट चेतावनी दिएका छौँ।’

प्रकाशित: ४ जेठ २०८१ १०:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 17 =