संसद् अवरोधप्रति शिक्षामन्त्री श्रेष्ठको आक्रोश : जनताको अपेक्षामाथि खेलबाड गर्ने?

हिमाल प्रेस ४ जेठ २०८१ १०:००
1.2k
SHARES
संसद् अवरोधप्रति शिक्षामन्त्री श्रेष्ठको आक्रोश : जनताको अपेक्षामाथि खेलबाड गर्ने? सुमना श्रेष्ठ । फाइल तस्बिर ।

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले संसद्मा कसका लागि आएको हो? भन्दै प्रश्न गरेकी छन्। उनले संसद् नागरिक, आफ्नो दलको लागि वा आफ्नै लागि मात्र भन्दै प्रश्न गरेकी हुन्।

उनले विधि,नीति नबनाउने, भावुक गफ दिने, जनताको अपेक्षामाथि खेलबाड गर्ने र आफ्नो जिम्मेवारी मतलब नै नगर्ने भन्दै आक्रोश व्यक्त गरेकी छन्।

‘संसदमा कसका लागि आएको हो? नागरिकको लागि, आफ्नो दलको लागि या आफ्नै लागि मात्र?’ शुक्रबार श्रेष्ठले प्रश्न गर्दै भनिन्,‘मेरो पुस्ता वाक्कदिक्क भइसक्यो यो घृणित क्रियाकलापबाट। न विधि बनाउन लागेको छ न नीति बनाउन लागेको छ। भावुक गफ दिने, जनताको अपेक्षामाथि खेलबाड गर्ने, आफ्नो जिम्मेवारी मतलब नै नगर्ने?’

वर्षको एकचोटी आफ्नो चुनावी क्षेत्रका लागि मन्त्रीकोमा गएर योजना मागिदिनेबाहेक देशको भविष्यप्रति जनप्रतिनिधिको कुनै जिम्मेवारी हुँदैन त? भन्दै उनले प्रश्न गरिन्।

‘सांसदको काम आफ्नो निर्वाचन क्षेत्रमा बजेट लग्ने अनि पत्रिकाको हेडलाइन पढ्ने मात्र हो त?’ भन्दै आक्रोश व्यक्त गरेकी छन्। ‘वर्षको एकचोटी आफ्नो चुनावी क्षेत्रका लागि मन्त्रीकोमा गएर योजना मागिदिनेबाहेक देशको भविष्यप्रति जनप्रतिनिधिको कुनै जिम्मेवारी हुँदैन त?,’ श्रेष्ठको भनाइ छ,‘सांसदको काम आफ्नो निर्वाचन क्षेत्रमा बजेट लग्ने अनि पत्रिकाको हेडलाइन पढ्ने मात्र हो त?’

प्रमुख प्रतिपक्षी दल कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको बचत रहक ठगीमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति माग गरेको छ। कांग्रेसले उक्त समिति नबनेसम्म संसद् चल्न नदिने अडान राखेको छ।

हिजो बैठक सुरु हुनेबित्तिकै कांग्रेसले अवरोध गरेपनि सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए। त्यसपछि गृहमन्त्री लामिछानेलाई बोल्न समय पनि दिएपनि उनले बोल्न पाएनन्। लामिछानेलाई कांग्रेस सांसदले बाटो छेकेर रोकेका थिए। हिजोको बैठकमा सत्ता र विपक्षी दलका सांसदबीच धकेलाधकेलसमेत भएको थियो। सो क्रममा कांग्रेस सांसद धनराज गुरुङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अपमान गरेको सत्ता पक्षका सांसदले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + two =