तनहुँको कर्लुङ रैकरका बालक युकेश रुचाल घरबाटै हराए

हिमाल प्रेस ४ जेठ २०८१ ९:३४
638
SHARES
तनहुँको कर्लुङ रैकरका बालक युकेश रुचाल घरबाटै हराए

काठमाडौँ– तनहुँको व्यास नगरपालिका–१२ कर्लुङ रैकरका ११ वर्षीया बालक युकेश रुचाल घरबाटै हराएका छन्। खेल्न जान्छु भनी आइतबार दिउँसाे १ बजे घरबाट हिँडेका युकेश नफर्किएपछि खोजीका लागि परिवारले जिल्ला प्रहरी कार्यालय तनहुँमा निवेदन दिएकाे छ।

उनका बुबा मनबहादुर रुचालले युकेश घरबाट खेल्न जान्छु भनी हिँडेकाे र त्यसपछि नफर्किएको बताए। उनले भने,‘छोरो खेल्न जान्छु भनेर घरबाट निस्किएको थियो। घर वरपर, छरछिमेक, आफन्त सबैतिर खाेज्याै‌ं। युकेश भेटिएन। आज पाँच दिन भइसक्यो। घर फर्किएको छैन। हामी चिन्तामा छौं।’

उनले छोरा युकेशको खोजीका लागि जिल्ला प्रहरी कार्यालय तनहुँमा निवेदन दिएकाे पनि जानकारी दिए। छाेरालाई देख्ने जाे कसैले पनि आफूलाई सम्पर्क गर्न बुबा मनबहादुर आग्रह गरेका छन्। उनकाे फाेन नम्बर ९८१७१२७२५३ रहेकाे छ। युकेश कमलबारीस्थित श्री सिद्धेश्वरी माविमा कक्षा ६ मा अध्ययनरत छन्।

प्रकाशित: ४ जेठ २०८१ ९:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + twelve =