काठमाडौँ- सदनको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोल्नै नदिएर सदन अवरुद्ध जारी राखेपछि गृहमन्त्री रवि लामिछानेले बोल्न त पाउनुपर्यो भन्दै आपत्ति जनाएका छन्। सहकारी ठगी प्रकरणमा लामिछानेको नाम जोडिएको छ।
कांग्रेसले उनीमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ। तर लामिछानेले आफूले एकपटक संसद्मा बोल्न पाउनुपर्ने र त्यसपछि अरु कार्य गर्न तयार रहेको बताउँदै आएका छन्। ‘एक पटक बोल्न पाउनु पर्यो। त्यत्ति हो मागेको। यति घिन लाग्दो मिडिया ट्रायल?’ लामिछानेले फेसबुकमा लेखेका छन्।
प्रकाशित: ३ जेठ २०८१ १६:५१
प्रतिक्रिया