सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

हिमाल प्रेस ३ जेठ २०८१ १२:५९
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

काठमाडौँ- सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्। उनले पक्षमा २८ मत पाए।

उनलाई माओवादी केन्द्रका १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका २, एकीकृत समाजवादी पार्टीका चार र स्वतन्त्र सांसद एकजनाले विश्वासको मत दिएका हुन्।

नलाई कांग्रेसका १९, राप्रपा र नागरिक उन्मुक्तिका ५ सांसदले मत दिएनन्।

कांग्रेस र नाउपाका रेशमपक्षका सांसद बैठक बहिस्कार गरेका थिए। यहाँ नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठका दुई सांसदले पनि सोडारीलाई मत दिएका थिए।

यता नाउपा संरक्षक रेशम चौधरीपक्षका ५ सांसदले बैठक बहिस्कार गरेका थिए।

प्रकाशित: ३ जेठ २०८१ १२:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 6 =