एकीकृत समाजवादीले भन्यो : सहकारी प्रकरणमा गृहमन्त्री जोडिएको कुरा आएको छ, छानबिन समिति बनोस्

हिमाल प्रेस ३ जेठ २०८१ १२:४०
2
SHARE
एकीकृत समाजवादीले भन्यो : सहकारी प्रकरणमा गृहमन्त्री जोडिएको कुरा आएको छ, छानबिन समिति बनोस्

काठमाडौँ- सहकारी प्रकरणबारे चर्चा चुलिएका बेला सत्तारुढ नेकपा एकीकृत समाजवादीले सहकारी छानबिन गर्न संसदीय समिति बन्नुपर्ने बताएको छ।

केन्द्रीय कमिटीको बैठकको निर्णय सार्वजनिक गर्दै समाजवादीले गृहमन्त्रीको समेत संलग्न रहेको विषय आएकाले छानबिन समिति बनाउनुपर्ने बताएको हो।

‘कतिपय सहकारी संस्थाले अधिकार दुरुपयोग गर्दै सर्वसाधारण जनताको बचत अपचलन गरेर धनराशी दुरुपयोग गर्ने दुःखद घटना घटेका छन्,’ समाजवादीले भनेको छ,‘गृहमन्त्रीको समेत संलग्नता रहेको समाचार प्रकाशित भइरहेका छन्। समस्याको समाधानका लागि छानबिन समिति बनाएर कडाभन्दा कडा कारबाही गर्न माग गर्दछौँ।’

यता सत्तापक्ष नेकपा एमाले र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसबीच टकराब परिरहेका बेला समाजवादीले भने प्रतिपक्षलाई सहयोग पुग्ने गरी निर्णय गरेको छ।
नेकपा एमालेले भने रवि लामिछानेको नाम जोडिनेबित्तिकै समिति बन्न नपर्ने बताउँदै आएको छ।

प्रकाशित: ३ जेठ २०८१ १२:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + twelve =