सफाइ पाएपछि सन्दीपले भने : मैले नेपाललाई जहाँ पुर्‍याएको थिएँ, त्योभन्दा माथि पुर्‍याउनेछु

हिमाल प्रेस २ जेठ २०८१ १८:०८ | Wednesday, May 15, 2024
सफाइ पाएपछि सन्दीपले भने : मैले नेपाललाई जहाँ पुर्‍याएको थिएँ, त्योभन्दा माथि पुर्‍याउनेछु

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानले क्रिकेटमार्फत योगदान दिएर देशरलाई अहिलेको भन्दा पनि माथि पुर्‍याउने बताएका छन्। आज बुधबार उच्च अदालत पाटनबाट बलात्कार मुद्दामा सफाइपछि ‍सञ्चारकर्मीलाई छोटो प्रतिक्रया दिँदै उनले आफूले पहिलो दिनदेखि नै निर्दोष रहेको बताउँदै आएको बताए।

‘एक वर्षभन्दा धैरै भयो। पहिलो दिनदेखि नै मै आफू दोषी नरहेको बताउँदै आएको थिएँ। तर, धेरै नै तरिकाले फसाएर मलाई फसाइयो,’ उनले भने, ‘मैले पहिले पनि जिल्ला अदालतको फैसलाई सम्मान गरेकै अहिले उच्च अदालतको फैसलाको पनि सम्मान गर्छु। नेपाललाई जहाँ मैले पुर्‍याएको थिएँ, त्यसभन्दा पनि माथि पुर्‍याउनेछु।’

प्रकाशित: २ जेठ २०८१ १८:०८ | Wednesday, May 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast