ओलीको चेतावनी : हामीलाई कांग्रेसका नेताहरूको जन्म कुन्डली राम्रोसँग थाहा छ

हिमाल प्रेस २ जेठ २०८१ १५:१३
42
SHARES
ओलीको चेतावनी : हामीलाई कांग्रेसका नेताहरूको जन्म कुन्डली राम्रोसँग थाहा छ

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसमाथि खनिएका छन्। बुधबार पार्टीको संसदीय दलको बैठकमा उनले कांग्रेसले संसद् अवरोध गरेकोमा आपत्ति जनाए। एमालेले संसद् चल्न नदिएको आरोपको खण्डन गरे। उनले संसद्‌मा कांग्रेसको दादागिरी नचल्ने बताए। उनले सहकारी प्रकरणमा आरोप लगाइएका गृहममन्त्री रवि लामिछानेलाई बोल्न दिनुपर्ने बताए। उनले सांसद टेकबहादुर गुरुङप्रति लक्षित गर्दै अदालतले भ्रष्टाचार ठहर गरेको व्यक्तिले संसद्‌मा नाराबाजी लगाइरहेको बताए।

‘नेपाली कांग्रेसलाई सरम हुनुपर्दछ, मुद्दा हारेका भ्रष्टाचारमा अपराधी हो भनेर अदालतले फैसला गरेको मान्छे आएर। जसको केही मुद्दा छैन। उ चाहिँ भ्रष्टाचारी हो छानबिन आयोग गठन गर भन्ने ?,’ उनले भने, ‘भ्रष्टाचारी ठहर भएकाले नारा लगाइरहेका छन्। भ्रष्टाचारी ठहर भएका सांसदलाई बाहिर निकाल्नुपर्दैन। नियम कानुन नेपाली कांग्रेसले पढ्या छैन ?’

उनले कांग्रेस अनेक आरोपमा फाइल दबाउँदैमा हैरान भएको बताए। उनले एउटा पार्टी, गुटको स्वार्थका लागि संसद् बन्दक बनाउन नसकिने बताए।

संसद्‌मा निगाहको समय नचाहिने भन्दै आपत्ति जनाएका कांग्रेस महामन्त्री गगन थापामाथि पनि खनिए। ‘सभामुखले तपाईंलाई समय दिएभन्दा निगाहको समय चाहिँदैन भनेर उदण्डता प्रस्तुत गर्ने। सभामुखसँग कस्तो भाषा हो त्यो ?,’ ओलीले प्रश्न गरे।

उनले आफूहरू संसद् सुचारु गर्ने पक्षमा रहेको बताए। ओलीले कांग्रेसका नेताहरूको जन्मकुण्डली थाहा भएको चेतावनी समेत दिए। ‘संसद् सुचारु गर्ने पक्षमा छौँ। कहिँकतै अभियोजन केही छ भने अभियोजन भएको ठाउँबाट चल्ला। कांग्रेसले नै प्रमाणित ठोकिदिने,’ ओलीले भने, ‘कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ।’

प्रकाशित: २ जेठ २०८१ १५:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast