
काठमाडौँ– ट्राफिक चाप घटाउन सरकारले अण्डरपास र ओभरपास निर्माणलाई प्राथमिकता दिने भएको छ। आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अण्डरपास र ओभरपास निर्माणलाई प्राथमिकता दिने घोषणा गरेका हुन्।
आगामी वर्षभित्र ललितपुरको ग्वार्कोमा निर्माणाधीन ओभरपास सञ्चालनमा ल्याइने राष्ट्रपति पौडेलले बताए। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले भने,‘दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राखेर सडक निर्माण गरिनेछ।’
प्रकाशित: १ जेठ २०८१ १६:२३
प्रतिक्रिया