सरकारको नीति तथा कार्यक्रम : पूर्वाधार विकासमा जोड

हिमाल प्रेस १ जेठ २०८१ १५:३३
10
SHARES
सरकारको नीति तथा कार्यक्रम : पूर्वाधार विकासमा जोड

काठमाडौँ- आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकार भौतिक पूर्वाधार र विकास निर्माणमा तीव्र गतिमा अघि बढेको दाबी गरेका छन्।सरकारले यसै वर्ष नौबिसे–नाकढुंगा सुरुङ्गमार्गको निर्माण सम्पन्न गरेको बताउँदै पूर्वपश्चिम राजर्माको स्तरउन्नती वृद्धि गरिएको, सुनकोशी मरिङ डाइभर्सनको टनेल ब्रेकथ्रु भएको बताएका छन्।यसै वर्ष ३ हजार हेक्टर क्षेत्रफलमा थप सिचाइ पुगेको बताउँदै राष्ट्रपति पौडेलले विद्युत उत्पादन २ हजार ४० मेगावाट पुगेको बताए।

वित्त र मौद्रिक नीतिको सामजस्यताका कारण अर्थतन्त्रमा सुधार आएको छ।मुद्रास्फीतिमा सुधार आएको छ।वित्त स्थितिमा सुधारसँगै प्राप्त लगानी योग्य रकम (तरलता) रहेको छ।पर्यटक आगमनमा उल्लेख्य सुधार आएको छ र समयमा नै वर्षा, मल बिउको उपलब्धताले यो वर्ष कृषि उत्पादनमा समेत वृद्धि हुने देखिएको उनले बताए।

प्रकाशित: १ जेठ २०८१ १५:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast