
काठमाडौँ- गोरखा सेवा समाज कतारले बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। आगामी जुन १७ मा ईस्लाम धर्मावलम्बीहरुको महान पर्व वकर ईद अवसरममा पारेर बृहत सांस्कृति कार्यक्रम गर्न लागेको हो।
समाजले मानव सेवा आश्रम गोरखा शाखाको नयाँ बन्दै गरेको निर्माणधिन भवनको सहयोगार्थ पनि उक्त बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरेको जनाएको छ। कार्यक्रममा लोक तथा दोहोरी गायक खेम सञ्चुरी, गायक उर्गेन दोङ, गायिका समिक्षा अधिकारी, लोक तथा दोहोरी गायिका निर्जला गुरुङलगायतको प्रस्तुतिको साथमा बृहत साँस्कृतिक प्रस्तुति रहनेछ।
उक्त कार्यक्रमको प्रवेश टिकट नेपाली रेष्टुरेण्टहरु र हर्माेशा व्युटी सेन्टरमा सहजै उपलब्ध छर साथै यस संस्थाले नि शुल्क यातायातको समेत व्यवस्था गरेको कतारमा कार्यरत अजिरकोट गाउँपालिका-५ कुसुन्डेका राजु लामाले जानकारी दिए।