कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

हिमाल प्रेस ३१ वैशाख २०८१ १५:५७
12
SHARES
कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत हिक्मत कार्की

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाएका छन्। ९३ सदस्यीय प्रदेशसभामा सोमबारको बैठकमा ६२ सांसद उपस्थित थिए। ६२ मध्ये मुख्यमन्त्री कार्कीको पक्षमा ५७ मत पर्दा ५ जना तटस्थ बसेका छन्।

मुख्यमन्त्री कार्कीलाई नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका तीन, जसपाका एक जना सांसद गरी ५७ जनाले मत दिएका हुन्। सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने नेकपा एसले जनाएको छ। नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई भने बैठकमा अनुपस्थित छन्। नेपाली कांग्रेसले भने सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै बेला विश्वासको मत लिन खोजेको भन्दै सदन बैठक बहिष्कार गरेकाे थियो।

कांग्रेस संसदीय दलले सभामुखलाई पत्र बुझाउँदै बैठकमा उपस्थित नहुने बताएको थियाे। हिक्मत कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रक्रियाका विरुद्धमा निवर्तमान मुख्यमन्त्री केदार कार्कीले भने सर्वोच्च अदालतम मुद्दा दर्ता गराएका छन्।

उक्त मुद्दाको अन्तिम सुनुवाइको मिति ९ जेठलाई तोकिएको छ। राप्रपा भने विश्वासको मतको प्रस्तावमा तटस्थ बसेको छ। ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ। २७ वैशाखमा संविधानको धारा १६८ (५) अनुसार मुख्यममन्त्रीमा कार्की नियुक्त भएका हुन्।

प्रकाशित: ३१ वैशाख २०८१ १५:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =