टर्कीमा यूएन मिसनमा काम लगाइदिन्छु भनी ४ करोडभन्दा बढी ठगी गर्ने पक्राउ

हिमाल प्रेस ३१ वैशाख २०८१ १४:२५ | Monday, May 13, 2024
टर्कीमा यूएन मिसनमा काम लगाइदिन्छु भनी ४ करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले वैदेशिक रोजगारीमा टर्की पठाउने भनी ४ करोड रुपैयाँभन्दा बढी ठगी गर्ने व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ। सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी ठगी गर्नेहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

टर्कीको यूएन मिसन कार्यालयमा वर्क पर्मिटमा कामदार पठाउने र त्यहाँ पुगेपछि आकर्षक तलब हुने प्रलोभन देखाई १२४ जनाबाट ४ करोड ३४ लाख उठाई फरार रहेका विनोद श्रेष्ठलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

पत्रकार सम्मेलनमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले श्रेष्ठलाई काठमाडौं ७ चाबहिलबाट पक्राउ गरी अनुसन्धन अघि बढाइएको बताए। ४२ वर्षीय श्रेष्ठ कास्की पोखरा महानगरपालिका ५ का रहेको उनको भनाइ छ।

प्रकाशित: ३१ वैशाख २०८१ १४:२५ | Monday, May 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast