हिक्मत कार्कीलाई एकीकृत समाजवादीले विश्वासको मत दिने, प्रतिपक्षमा बस्ने

हिमाल प्रेस ३१ वैशाख २०८१ १०:२६
4
SHARES
हिक्मत कार्कीलाई एकीकृत समाजवादीले विश्वासको मत दिने, प्रतिपक्षमा बस्ने

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई एकीकृत समाजवादी पार्टीले पनि विश्वासको मत दिने भएको छ। समाजवादीले विश्वासको मत दिने र प्रतिपक्षमा बस्ने भएको छ।

समाजवादीका कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले हिक्मत सरकारलाई दिने निर्णय भएको बताए।

एमाले र माओवादीका प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीलाई एकीकृत समाजवादी र जसपाले समेत मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने भएका छन्।
यद्यपि, सरकार गठनमा भने समाजवादी असन्तुष्ट छ।

प्रदेशसभा सदस्यमा एक सिट रहेको जनता समाजवादी नेपालले विश्वासको मत दिने भएको छ। कोशीमा जसपा नेपालको एक सिट छ।

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने तयारी गरेका छन्। संविधानको धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्री कार्कीले उपधारा ४ अनुसार विश्वासको मत लिन लागेका हुन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा कार्की वैशाख २७ मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रदेशसभामा एमालेका उप सभामुख सहित ४०, कांग्रेसका २९, माओवादीका १३, सभामुख सहित राप्रपाका ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपा नेपालको १ सांसद रहेका छन्।

 

प्रकाशित: ३१ वैशाख २०८१ १०:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast