सांसद खतिवडाद्वारा आगलागी पीडित परिवारलाई सहयोग

हिमाल प्रेस ३१ वैशाख २०८१ ८:५६
सांसद खतिवडाद्वारा आगलागी पीडित परिवारलाई सहयोग

काठमाडौँ- राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आगलागीमा परी आमा–छोरा गुमाएकाका परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन्।

स्थानीय सामुदायिक वनमा लागेको डढेलो बाहुनडाँडाको खरबारीमा सल्केपछि खरघाँस जोगाउने क्रममा ५५ वर्षीया पुण्यमाया धमला र १६ वर्षीय कञ्चन धमलाको जलेर मृत्यु भएको थियो।

सभापति खतिवडाले पीडित परिवारलाई भेटी व्यक्तिगतरुपमा २२ हजार र नगरपालिकाबाट उपलब्ध भएको एक लाख सहयोग प्रदान गरेको उनको सचिवालयले जानकारी दिएको छ।

प्रकाशित: ३१ वैशाख २०८१ ८:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eleven =