कांग्रेस संसदीय दलको बैठक बस्दै

हिमाल प्रेस ३१ वैशाख २०८१ ६:५८
कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दैछ।

संसदीय दल कार्यसमितिको बैठक सोमबार दिउँसो १ बजे तय गरिएको छ। संसदीय दलको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने कांग्रेसले जनाएको छ।

समसामयिक राजनीतिक परिस्थिति, सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।

गत २८ गतेबाट संसद्को बर्खे अधिवेशन सुरु भएको थियो।

सहकारीको बचत अपचलन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमेतको संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति नबनाइ संसद् अगाडि बढ्न नसक्ने बताएपछि पहिलो दिनको बैठक नै अवरुद्ध हुन पुग्यो।

 

प्रकाशित: ३१ वैशाख २०८१ ६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − two =